तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको आश्वासनले सेवा थप हुनेमा आशा पलाएको छ : रोल्पा अस्पताल 

रोल्पा । रोल्पा जिल्लाकै एकमात्र ५० शय्याको नवनिर्मित रोल्पा अस्पतालको भवन गएको कार्तिक महिनाको २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन, निरीक्षण एवम् सम्बोधनको क्रममा अस्पताल बाट थप गुणस्तरीय सेवा प्रवाह गर्नको लागि जनशक्ति आपूर्ति सङ्गै अन्य पूर्वाधारमा सहयोग गर्ने आश्वासन दिनुभएकोले अस्पतालको सेवा वृद्धि हुनेमा आशा पलाएको रोल्पा अस्पताल मेसु डाक्टर लोकरत्ना ज्ञवालीले बताउनुभयो ।

रोल्पा अस्पतालमा थप दरबन्दी अनुसारका डाक्टर सहित बिरामीको चेकजाँच उपचारमा उपयोग हुने मेसीनरी उपकरणको आवश्यकता रहेको छ  ६० जना स्थायी दरबन्दीका विशेषज्ञ डाक्टर, प्रशासन, कर्मचारी रहने व्यवस्था गरिए अनुसार १ जना ११ औ तहको अस्पताल प्रमुख, १० जना विशेषज्ञ डाक्टर, ७ जना मेडिकल अधिकृत र ४५ जना अन्य चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी रहने व्यवस्था गरिएको भएपनी पुर्णरुपमा उपलब्ध हुनसकेका छैनन् ।

हालसम्म १ जना एमडीजिपी डाक्टर, ४ जना मेडिकल अधिकृत र अन्य चिकित्सक कर्मचारी बाहेक ८४ जना अस्पताल विकास समिति करार सेवामा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् मेसु डाक्टर ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले उक्त दिन अस्पताललाई आवश्यक पर्ने थप उपकरण,जनशक्ति,विशेषज्ञ चिकित्सक,स्वास्थ्यकर्मी आपूर्तिमा सरकारको तर्फबाट सहयोग गर्नेछु ,सेवा बिस्तारपछि अस्पतालले थप सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छु भन्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button