तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित चुम्चेतकी २५ वर्षीय महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । 

जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा पेमा छोेटेन लामालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी काठमाडौँ स्थित प्रसुती गृह थापाथली लगिएको हो ।

लामालाई लामो  समय सुत्केरी व्यथा लागेपछि स्वास्थ्यकर्मीले जोखिम देखेर उद्धारका लागि अनुरोध गरेका थिए । आज बिहान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकप्टर पठाएपछि महिलाको उद्धार भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button