तपाईँ सुन्दै हुनुहुन्छः

जुवातास खेल्ने ९० जना पक्राउ

काठमाडौँ । तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात जना र सङ्खुवासभाबाट सात जना गरी ९० जना पक्राउ परेको जनाइएको छ ।

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button