तपाईँ सुन्दै हुनुहुन्छः

फुल उत्पादनमा जुट्न थाले कोहलपुरका युवा 

बाँके । नेपालीहरूको दोस्रो ठुलो महान् चाड तिहार नजिकिएसँगै सयपत्री फुलको पनि माग बढ्न थालेको छ । विशेष गरी तिहारमा मालाको रुपमा बढी प्रयोगमा आउने सयपत्री फुलको माग बाँके जिल्ला लगायत अन्य धेरै जिल्लामा बढ्न थालेको हो ।

हरेक वर्ष झैँ यस वर्ष पनि माग बढ्दो हुन थालेपछि बाँके जिल्लाका युवाहरू तिहार लक्षित फुलहरू उत्पादनमा जुट्न थालेका छन् । विशेष गरी भारतीय बजारबाट आयातित हुने फुलको मागलाई निषेधित गर्ने र बाँके जिल्लामै उत्पादन गरिएका फुललाई बजारीकरणमा जोड दिने उद्देश्यका साथ कोहलपुर १३ का युवाहरू फुल उत्पादनमा जुट्न थालेका हुन ।

आफ्नै मेहनतमा उत्पादन गरिएका फुलहरूको बजार व्यवस्थापनलाई फराकिलो बनाउन सके बिक्री वितरणमा समेत सहज हुने र फुल खेतीले पनि सार्थकता पाउने कोहलपुर १३ का युवा कर्णबहादुर थापाकोको भनाई छ । रोजगारको सिलसिलामा विदेशिएका थापाले स्वदेश फर्किए पछि व्यवसायीक रुपमा पाँच जना साथीहरूलाई पनि सामेल गराएर सामूहिक रुपमा फुल खेती गर्दै आउनुभएको छ । उहाँले फुल खेती गर्न थालेको पनि ३ वर्ष भयो । थापाले आफूसँगै सहकार्यमा जुटेका युवाहरूको भनाइलाई समर्थन गर्दै थापा कृषि तथा नर्सरी फर्म दर्ता गरी २ लाख बराबर आफ्नै लगानीमा अहिले १५ कठा क्षेत्रफलमा कर्म (जात) को ५ सय ५५ र कलकत्ते जातको सयपत्री फुल मात्रै लगाउनुभएको छ । थापा भन्नुहुन्छ साढे तिन वर्ष विदेश भूमिमा गरेको दुख र बगाएको पसिनाले स्वदेशी भूमिलाई स्वर्ग बनाउन सकिन्छ भन्ने कुराको मैले महसुस गरेको छु र त्यही अनुभवको फलस्वरुप स्वदेशै मै केही गर्छौ भन्ने सोच बनाएर नै व्यवसायीक रुपमा फुल खेती गर्न थालेका छौ र प्रतिफल पनि राम्रै हुन्छ भन्ने आशा गरेका छौ।

गत वर्ष पानीका कारण सोचे अनुरूपको फुल उत्पादन नभएता पनि बाहिरबाट आउने फुल प्रतिबन्धित गर्न सके यो वर्ष एक सिजनमा अनुमानित १५ क्विन्टल बराबरको फुल उत्पादन हुने ५ लाख सम्मको आम्दानी हुन सक्ने र प्रतिफल राम्रै हुने विश्वास व्यक्त गर्नुभएको छ । छोटो समयमा थोरै लगानी लाग्ने, मेहेनेत अनुसारको प्रतिफल प्राप्त गर्न सकिने , आम्दानीको श्रोत सोचे अनुसारको हुने, सभा सम्मेलन गोष्ठी र सम्मानका लागी प्रयोग गरिने फुलहरूको संरक्षण संवर्द्धनका लागी फुल खेती तर्फ आर्कषण बढेको थापाले बताउनुभयो। तिहार सम्म आफूले उत्पादन गरेका सयपत्री फुल बाँके लगायत अन्य जिल्लाहरूमा पठाउने लक्ष्य रहेको थापाको भनाई रहेको छ ।

पछिल्लो समय स्वदेशमा नै केही गर्छौ र गर्न पर्छ भन्ने सोच बोकेका युवाका लागी केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको सानातिना व्यवसायी प्रती पनि अझ बढी ध्यान दिन सके वैदेशिक रोजगारमा जान खोज्ने युवालाई गाउँमै रोक्न सकिने र उनीहरूलाई स्वदेशमै स्वरोजगार बनाउने सकिने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button