तपाईँ सुन्दै हुनुहुन्छः

तिहारले झकिझकाउ नेपालगन्ज (फोटो फिचर)

बाँके । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन‘धनतेरसको दिन बाट नयाँ धातुका सामान किनेर पूजा आराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा रहेको छ ।

नेपालगन्जका मुख्य चोक तथा बजारमा आज भाडावर्तनको लगायत तिहारको समान किनमेल गर्नेको कारोबार ह्वात्तै बढेको छ ।

नेपालगन्जको पुष्पलाल चोक, धम्वोजी, त्रिभुवन चोक, त्रिवेणी मोड लगायतका स्थानमा टेन्ट थापेरनै व्यापार गरिएको छ । । त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म सडक वीचमा पसल थापिएका छन् । रङ्ग, मैनबत्ती, पाला, फलफूल, मिठाइ लगायतको पसल थापिएको छ ।

यो रुटमा चार पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यहाँ तिहारको दिनसम्म बजार लाग्ने गर्छ । नगरका चोक तथा भित्री सडकहरूमा मानिसहरूको किनमेल गर्ने भिडभाड देखिन्छ । तिहार हिन्दु धर्म मान्नेहरूको दोस्रो ठूलो पर्व हो ।

तिहारलाई उज्यालो पर्वका रूपमा लिने गरिन्छ । त्यसैले पनि बजार झिलिमिली पारिएको छ । तिहारको मौकामा कारोबार बढ्ने भएकाले व्यापारीहरूले पनि सामाग्रीहरू पर्याप्त मात्रामा पसलमा राखेको देखिन्छ । बागेश्वरी मन्दिर आसपासमा भने फुलहरूले सजिएको छ त्यहाँ पनि भाईतिहार को लागि र लक्ष्मी पूजाको लागि पूजा सामाग्री किन्नेको भिडभाडले बजार भरिभराउ देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button