अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त
अल्जियर्स। अल्जेरियामा नयाँ प्रऊनमन्त्री नियुक्त गरिएको छ ।
अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । अल्जेरियाको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
एन्नादिर लार्बाउईले सन् २०२१ मा नियुक्त भएका आयमेन बेनाबदेररहमानेको स्थान लिनु हने छ ।
संयुक्त राष्ट्रसंघका लागि अल्जेरियाका पूर्व स्थायी प्रतिनिधि लारबाउईले देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनु अघि मन्त्रिपरिषद्को निर्देशकको रूपमा काम गर्नु भएको थियो ।सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्