तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने
काठमाडौँ । तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।
यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनद्वारा आज जारी सूचनामा उल्लेख छ ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।
आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झैँ यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्