तपाईँ सुन्दै हुनुहुन्छः

सूचना आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि सात दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयोग गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।

यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button