तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ ढंगबाट क्रान्तिको नेतृत्व रोल्पाले गर्नुपर्छ : प्रधानमन्त्री

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा नयाँ ढंगबाट क्रान्तिको नेतृत्व रोल्पाले गर्नुपर्ने बताउनुभएको छ ।

रोल्पाको सदरमुकाम स्थित टुँडिखेलमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रोल्पा समाजवादको आधार किल्ला भएको बताउनुभयो ।

‘रोल्पा नयाँ विचार, क्रान्ति र शान्तिको प्रतीक हो । गुणात्मक परिवर्तन गर्नको निमित्त रोल्पाली जनता ऊर्जाको श्रोत भएकोले यहाँका जनतालाई देशले मात्रै होइन विश्वले चिन्दछ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button