तपाईँ सुन्दै हुनुहुन्छः

सिसा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड

बाँके ।लेड (सिसा) मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सराेकारवालाहरुले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय सप्ताह २०२३ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र काठमाडौँले एकीकृत सामाजिक विकास केन्द्र नेपालगन्जसँगको सहकार्य र उपमहानगरपालिकासँगको समन्वयमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले त्यस्तो बताउनुभएकाे हाे ।

प्रत्येक नेपाली भान्सामा व्यापक रूपमा प्रयोग हुने बेसारजस्ता मसालामा, घर फर्निचर, स्कुल, खेलमैदान आदि रँगाउने पेन्ट्स तथा अन्य दैनिक उपभोग्य वस्तुहरूजस्तै कस्मेटिक, चाउचाउ, आयुर्वेदिक औषधी, कृत्रिम गहना, लेड एसिड ब्याट्री, इलेकट्रोनिक फोहरमा सिसाको स्रोतलाई कम गर्न वा गराउन नियमित बजार अनुगमन गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको छ ।

कार्यक्रममा प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा, नेपालका लागि डब्लुएचओका कन्ट्री अफिसका प्रतिनिधि राजाराम पोटे श्रेष्ठ, नेपाल उद्योग वाणिज्य सङ्घ नेपालगन्जका अध्यक्ष टंकबहादुर धामी, नेपाल घरेलु तथा साना उद्योग सङ्घ नेपालगन्जकी अध्यक्ष डिला शाह, आर्सीवाद पेन्ट्स उद्योगका प्रमुख किरण कार्की, उपभोक्ता अधिकार संरक्षण मञ्च नेपालगन्जका अध्यक्ष वसन्त गौतम, नेपाल पत्रकार महासङ्घ बाँके शाखाका सचिव कमल डाँगी, लगायतका व्यक्तिले धारणा व्यक्त गर्नुभएको थियो।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ मा विश्वमा लाखभन्दा बढी मानिसको मृत्यु रासायनिक पदार्थका कारण भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button