सिकार गर्न थापिएको पासोमा परी एक जनाको मृत्यु
नेपालगन्ज । बर्दियामा जनावरको सिकार गर्नका लागि थापिएको विद्युतीय पासोमा परी एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका वडा नम्बर २ वमुडवाका राम भगीरथ थारूको जनावरका लागि खेतमा थापिएको विद्युतीय पासोमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
सोही ठाउँका ३८ वर्षीय शंकर थारूले पासोमा पारेर आफ्नो पतिलाई मारेको आरोप लगाउँदै मृतककी पत्नी रूपा थारूले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बाँसगढीले शंकरलाई पक्राउ गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्