तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button