पर्यटक बढेसँगै मायादेवी मन्दिरमा साढे ३ महिनामै दानबापत ६४ लाख ७६ हजार सङ्कलन

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मङ्गलवार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ सङ्कलन भएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको उहाँले बताउनुभयो । दानपेटिकामा सङ्कलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेसँगै यहाँको स्रोतसमेत बढ्न थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्