कार्तिक २४ गते प्रधानमन्त्री प्रचण्ड रोल्पा जानुहुने

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन यही कार्तिक २४ गते शुक्रबार रोल्पा जानुहुने भएको छ ।
कार्तिक २४ गते शुक्रवार काठमाडौँदेखि रोल्पासम्म प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमा जानुहुनेछ भने शहिदमार्गमा पर्ने थवाङखोलामा निर्मित पक्की पुलको बिहान १० बजे उद्घाटन गर्ने र थवाङका स्थानीय सर्वसाधारण सङ्ग भेटघाट गर्नुहुने, त्यसपछि निर्माण सम्पन्न भएको ५० शय्या रहेको नवनिर्मित रोल्पा अस्पताल भवन उद्घाटन गर्ने र नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले खुलामञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा उपस्थित हुनुहुने बताइएको छ ।

आयोजना गरिएका सबै कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिनुभयो ।
पूर्व मन्त्री वर्षमान पुन सहित अन्य शीर्ष नेतृत्वको पनि कार्यक्रममा उपस्थित रहने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पा संयोजक पूर्ण के.सीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्