अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु
साँफेबगर । अछाममा अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नं.४ पायल खेतालीगाउँ अछामकी २९ वर्षीया सरस्वती देउकरको अरिङगालको टोकाइबाट मृत्यु भएको हो ।
घर नजिकै घाँस काट्ने क्रममा अरिङगालको गोलाले टोकेपछि उनी चिच्याएकी थिइन् । उनी चिच्याएको थाहा पाएपछि घर परिवार र छिमेकीहरूले बयालपाटा अस्पताल पुर्याए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
मृतक देउकरका १० महिने दुधे बालक सहित ३ वटा नाबालक बच्चाहरू रहेका छन् । घरको सम्पूर्ण जिम्मेवारी बोकिरहेकी देउकरका श्रीमान् भर्खरै कामको सिलसिलामा मलेसियामा हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्