तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी काठमाडौँद्वारा झापा एएफसी २ गोलले पराजित

वीरगञ्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आज भएको खेलमा त्रिभुवन आर्मी काठमाडौँले झापा एएफसीलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ ।

आजको खेलमा त्रिभुवन आर्मीका जर्सी नम्बर ७ का खेलाडी निरज कुमार साहले खेलको पहिलो हाफको ७ औँ मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी त्रिभुवन आर्मीकै जर्सी नम्बर ३६ फत्तेमान घलेले खेलको दोस्रो हाफको ६ औँ मिनेटमा थप १ गोल गरी आफ्नो टिमलाई विजयी बनाए । प्रतियोगितामा झापा एएफसीले निरन्तर प्रहार गरे पनि गोल गर्न नसक्दा पराजय व्यहोर्नु परेको थियो ।

प्रतियोगिताको म्याद अफ दि म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी फत्तेमान घले घोषित भएका थिए ।

भोलिको पहिलो सेमिफाइनल खेल आयोजक वीरगन्ज भेट्रान सिटी क्लब र नेपाल पुलिस क्लब काठमाडौँबिच हुने कार्यक्रम रहेको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेशकै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी कार्तिक २५ गतेसम्म वीरगञ्जमा हुने छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button