प्रथम बागमती क्लब स्तरीय फुटबल सुरु
दोलखा । दोलखा जिल्ला फुटबल सङ्घले आयोजना गरेको बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका ११ वटा टिमको सहभागिता रहेको आयोजक दोलखा जिल्ला फुटबल सङ्घले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गर्नुभएको थियो । दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेश सांसद भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जूराम घतानी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्