प्रथम वीरगन्ज गोल्डकप फुटबल : नेपाल पुलिसद्वारा कोलकत्ताको टिम पराजित
वीरगञ्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत वीरगन्ज स्थित आदर्शनगर रङ्गशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौँले भारत कोलकत्ताको क्लाईभ हाउस डमडमलाई १ का विरुद्ध ७ गोलले पराजित गरेको छ ।

आजको खेलमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङले खेलको पहिलो हाफको २३ औँ, ३१ औँ, ३३ औँ मिनेट र दोस्रो हाफको ६१ औँ र ६२ औँ मिनेटमा गरी ५ गोल गरेका थिए ।
पुलिसकै जर्सी नम्बर २४ का विवेक सन्तोषीले पहिलो हाफको ३५ औँ मिनेटमा १ गोल गरेका थिए भने पहिलो हाफ कै ४५ मिनेटमा नेपाल पुलिसकै जर्सी नम्बर १४ का प्रवीण थापाले थप १ गोल गरी नेपाल पुलिसलाई ७ गोलले अग्रता दिलाएका थिए ।

यता नेपाल पुलिस क्लबको अगाडी भारत कोलकत्ताको क्लाईभ हाउस डमडम क्लबको प्रस्तुति फितलो रहेको थियो ।
नेपाल पुलिस क्लबका खेलाडीले फल खेलेपछि भारत कोलकत्ताको क्लाईभ हाउस डमडमले पेनाल्टी पाएको थियो ।
भोलीको खेल त्रिभुवन आर्मी काठमाडौँ र झापा ए एफ सी बिच हुने कार्यक्रम रहेको खेलका प्रेस संयोजक तिवारी यादवले जानकारी दिनुभयो ।
मधेस प्रदेशकै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी कार्तिक २५ गतेसम्म हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक बीरगंज महानगरपालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्