तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री गोल्डकप: फाइनलको लागि आज त्रिभुवन आर्मी र दुधौलि स्पोर्ट्स बिच प्रतिस्पर्धा

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आज त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र दुधौली स्पोर्ट क्लब सिन्धुली बिच प्रतिस्पर्धा हुँदै छ।

शनिवार भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बि.एफ.सि. चितवन क्लब चितवन बिच भएको खेलमा त्रिभुवन आर्मीले (३-१) गोलले पराजित गर्दै सेमिफाइनलमा गएकाे थियो ।

तेस्रो र चौथो दिनमा विजयी सुरुवात गरेकाे त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र एभिनियर एफ. सि क्यामरुनलाई (७-६) गोलले पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिन्धुली सेमिफाइनलमा पुगेको हो ।

कोहलपुर रेसिङ सहारा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको खेल दिउँसो ठिक ३ बजेबाट सुरु हुने आयोजक संस्थाका अध्यक्ष चक्र चिमाल क्षेत्रीले जानकारी दिनुभयाे ।

कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधवार खेल उद्घाटन गर्नुभएको थियो।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्। प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button