भूकम्प पीडितको राहतका लागि २ लाख दिने घरपझोङ गाउँपालिकाको घोषणा

मुस्ताङ I हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले भूकम्प पीडित राहत कोषका लागि २ लाख दिने घोषणा गरेको छ ।
आइतबार पालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी मृत्यु भएका परिवारलाई राहत सहयोग पू¥याउन २ लाख दिने निर्णय गरेको हो ।
शुक्रवार मध्यराती जाजरकोट केन्द्र बिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा त्यस क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो ।
गाउँ कार्यपालिकाको बैठकमा अध्यक्ष लालचनले विपद्को सामना र विपद्मा परेकाहरूको उद्धार,राहतका लागि सबैले क्षमता अनुसारको सामूहिक सहयोग गर्नुपर्ने बताए । ‘अहिले जाजरकोट र रुकुम पञ्चिम शोकमा छ, उनीहरूलाई राहत,व्यवस्थापन र उपचारको खाँचो छ ,अध्यक्ष लालचनले भने,‘ हामीले पनि यो विपद्को राष्ट्रिय घडीमा एकताबद्ध हुँदै राहत कोषमा २ लाख दिने निर्णय गरेका हौँ ।सबैको सहयोग भूकम्प पीडितलाई अहिलेको आवश्यकता हो ।’







प्रतिक्रिया राख्नुहोस्