सङ्कटाद्वारा नवलपरासी ४ गोलले पराजित
वीरगन्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत वीरगन्ज स्थित आदर्शनगर रङ्गशालामा भएको खेलमा सङ्कटा क्लब काठमाडौँले चर्च ब्वाइज युनाइटेड क्लब नवलपरासीलाई शून्यका विरुद्ध ४ गोलले पराजित गरेको छ ।
आजको खेलमा सङ्कटा क्लब काठमाडौँका जर्सी नम्बर ११ का समिर राईले पहिलो गोल गरी टिमलाई अग्रता दिएका थिए ।
दोस्रो गोल सङ्कटाले खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा जर्सी नम्बर ९ का खेलाडी नरेश हमालले गरेका थिए भने दोस्रो हाफको ३४ र ४० मिनेटमा सङ्कटा क्लबकै विदेशी खेलाडी जर्सी नम्बर ७ का पोफानो फोडेले २ गोल गरेका थिए ।
आजको प्रतियोगितामा म्यान अफ दि म्याच सङ्कटाका विदेशी खेलाडी पोफानो फोडे घोषित भएका छन् । भोलिको खेल नेपाल पुलिस क्लब काठमाडौँ र भारत कलकत्ताको क्लाइभ हाउस डमडमबिच हुने छ ।
मधेस प्रदेशकै सर्वाधिक धनराशिको प्रतियोगिता आगामी कार्तिक २५ गते सम्म वीरगञ्जमा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन वीरगञ्ज महानगरपालिकाले गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्