तपाईँ सुन्दै हुनुहुन्छः

उपमेयर रिजालले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

पर्वत । पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो  एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । 

उपमेयर रिजालले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको हो । 

भूकम्पबाट पीडितको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको रिजालले बताउनुभयो । शुक्रबार  ११.४७ बजेको  समयमा गएको ६.४ म्याग्निच्युटको  भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ ।  उहाँले उद्धार र राहतमा सबै लाग्न आव्हान पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button