राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रियो देश : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल राजनीतिक अस्थिरता र सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।

राष्ट्रिय आदिवासी जनजाति आयोगको चौथो प्रतिवेदन आज बुझ्दै प्रदेश प्रमुख शर्माले धेरै जनजातिको समूहले बनेको नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्दा धेरै विषय समेट्न नसकेको बताउनुभयो ।
जातीय विभेदलाई घटाउने विषयमा आयोगले काम गर्नुपर्नेमा जोड दिनुहुँदै सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्ग तथा समाजको उत्थान गर्न आयोगले अध्ययनसहित योजना बनाएर अघि बढ्नुपर्ने उहाँले सुनाउनुभयो ।
आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख कार्यालय हेटौँडामा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो प्रतिवेदन प्रमुख शर्मालाई बुझाउनुभएको हो । प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले संविधानले व्यवस्था गरेको अधिकारहरू आदिवासी जनजाति नागरिकले सहज रूपमा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले आयोगले आदिवासी जनजातिको समस्या समेटेर तयार पारेको प्रतिवेदन सरकारसमक्ष सिफारिस भए पनि कार्यान्वयन चरणमा जान नसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्