‘परिवर्तनका पक्षधर एक ठाउँमा उभिनुको विकल्प छैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रले महिने अभियानले पार्टी सुदृढीकरण र जनतासँगको सम्बन्ध एकाकार गर्दै जनतामा पार्टीप्रति विश्वास आर्जन हुँदै गएको जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले तीन महिने अभियान मुख्यतः पार्टी र राज्यकै रुपान्तरणको अभियानका रुपमा अघि बढेको बताउनुभयो ।
प्रवक्ता सापकोटाले रूपान्तरण आफैँभित्रबाट गर्ने सङ्कल्पका साथ माओवादी केन्द्र जनतामा गएको र आत्म समीक्षापछि जनतामा पुनः विश्वास पैदा हुँदै गएको बताउनुभयो ।
प्रवक्ता सापकोटाले भर्खरै भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणले बहुआयमिक सन्देश दिएको पनि बताउनुभयो ।
प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनु अहिलेको मुख्य कार्यभार रहेको बताउँदै दलहरुबीच छलफल चलिरहेको जानकारी दिनुभयो ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले परिवर्तनका पक्षधर एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले मङ्सिर २२ गते गर्ने बृहत् जनपरिचालन लोकतान्त्रिक गणतन्त्र, समावेशीता र संविधानको रक्षाका लागि गर्न लागिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्