तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई छैटौं सफलता, सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौँ । नेपालले ओमानविरुद्ध छैटौं सफलता हासिल गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमानले खेलको चौधौं ओभरमा पाँचौं र छैटौं विकेट गुमाएको हो ।

सन्दीप लामिछानेले ओमानका १८ रन बनाएर खेलिरहेका आयान खान र मेहरान खानलाई आउट गरेका हुन् । नेपालका लागि यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए भने कारण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button