कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा भारतीय व्यवसायीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायीको मृत्यु भएको छ। जिल्ला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी रोहित अग्रवालको मृत्यु भएको हो।
हिजो साँझ यूके ०३ डी ५९५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका भारतको वनवासका व्यवसायी अग्रवालको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।
साइकलमा सवार शुक्लाफाँटा–५ का रमेश पाललाई बचाउन खोज्दा दुर्घटना भएको थियो। घाइते अग्रवालको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।








प्रतिक्रिया राख्नुहोस्