तपाईँ सुन्दै हुनुहुन्छः

पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु 

बारा । बारामा बस दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवनको जलबिरे झरनाबाट पिकनिक सकाएर वीरगन्जतर्फ आउँदै गरेको  ना ७ ख ४७४९ नम्बरको बस आफै अनियन्त्रित भई सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा चोकमा पोलमा ठोकिन पुग्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार क्षेत्रीले जानकारी दिनुभयो । 

दुर्घटनामा पहिचान नखुलेका करिब ३० वर्षीय एक युवकको बसमा च्यापिएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताउनुभयो ।  मृतक खाना पकाउने व्यक्ति रहेको प्रहरीको भनाई छ । 

बिरगंजबाट पिकनिक मनाउन जलबिरे गएको सो बस फर्किने क्रममा शनिवार राती ९ बजेर ३५ मिनेट जाँदा दुर्घटनामा परेको प्रहरीको भनाई छ। 

दुर्घटनामा बसमा सवार ५१ जना मध्ये ४ जना गम्भीर घाइते रहेका छन् भने ४७ जना सामान्य घाइते भएको प्रहरी उपरिक्षक सुरेश प्रसाद काफलेले जानकारी दिनुभयो । 

गम्भीर घाइतेहरूलाई बिरगंज स्थित बेयोधा अस्पताल र बारा नौतन स्थित एलएस न्युरो अस्पतालमा र बाँकीको सामान्य अवस्थामा सिमराको अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक काफलेले जानकारी दिनुभयो ।

दुर्घटनापछि चालक फरार भएको हुँदा निजको खोजी कार्य तीव्र  पारी घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button