एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर, ११ कात्तिकः नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा काँग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिनुभयो ।
उहाँले आधारभूत विश्वव्यापी मान्यताअनुरूप नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताउनुभयो । महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैङ्कको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताउनुभयो । “फेरि पनि एक्जिम बैङ्कले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन”, उहाँले भन्नुभयो, “एक्जिम बैङ्कले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन ।”







प्रतिक्रिया राख्नुहोस्