थ्रेसरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
बाँके । रोकिराखेको ट्याक्टरमा जडित थ्रेसरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२०, राँझास्थित सडकमा रोकिराखेको भे १ त ३२३० नम्बरको ट्याक्टरमा जडित धानको थ्रेसरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक नेपालगञ्ज उपमहानगरपालिका–८, त्रिभुवन चोकका विनोदकुमार वाल्मीकिको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका वाल्मीकिको उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्