तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्षको निधन

बारा । जनता समाजवादी पार्टीको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्षको निधन भएको छ । विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको मङ्गलवार उपचारको क्रममा मृत्यु भएको हो ।

३८ वर्षीय यादवको उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मङ्गलवार राती मृत्यु भएको परिवारले जनाएको छ । यादव लामो समयदेखि ‘हेपाटाइटिस बी’ सङ्क्रमणबाट ग्रसित थिए ।

मधेश आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आबद्ध भएका थिए । बाराको परवानीपुर गाउँपालिका– ३ लिपनीमाल निवासी उनले केही समय लोसपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री जितेन्द्र सोनारको सचिवालयमा समेत काम गरेका थिए । मृतक यादव आमाबुवाका एक्ला छोरा थिए । यादवका २ छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button