मनाङ एअरका पाइलटको उपचारका क्रममा निधन
काठमाडौँ । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ ।
गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिनुभयो ।
काठमाडौँमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्