तपाईँ सुन्दै हुनुहुन्छः

लुङ्गग्रीमा करिब १ लाख ६६ हजारको अखाद्य बस्तु नष्ट गरियो

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा दशै तथा तिहारलाई लक्षित गरि ४ दिनसम्म प्रत्येक वडामा रहेका बजार अनुगमन गर्दा म्याद गुज्रिएका करिब १ लाख ६६ हजार बराबरको अखाद्य बस्तु जफत गरि नष्ट गरिएको छ ।

पालीकाका १ सय १७ वटा पसलमा चेकजाँच गर्दा ४० वटा पसलबाट म्याद गुज्रिएका चामल, पिठो, मसला, बिस्कुट, चाउचाउ, चिउरा, पाउडर, चियपत्ती, रक्सी, पेय पदार्थ लगायत विभिन्न वस्तु जफत गरि नष्ट गरिएको गाउँपालिका अध्यक्ष भरतकुमार थापाले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा कुनै पनि उपभोक्ता नठगिउन् भनेर ४ दिनसम्म छड्के जाँच गर्दा ठुलो परिमाणमा अखाद्य वस्तु जफत गरी नष्ट गरिएको र दशै लगत्तै पनि छड्के अनुगमन गरिने अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button