तपाईँ सुन्दै हुनुहुन्छः

अष्टमीका दिन उग्रतारा मन्दिरमा भक्तजनहरूको भीड

डडेल्धुरा । नवरात्रीको आठौँ दिन आज बिहानै देखि अष्टमीका लागी डडेल्धुराको प्रसिद्ध शक्तिपिठ उग्रतारा देवीको मन्दिरमा पुजाआराधाना गर्ने भक्तजनहरूको घुइँचो लाग्न थालेको छ । दशैको पूर्व सन्ध्या अष्टमी पर्वका लागी भक्तजनहरू उग्रतारा देवीको पुजाआराधाना गरि आफ्नो मनोकामनाका लागी मन्दिरमा पुगेका हुन । 

डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको उग्रतारा मन्दिर दिनभरी पूजा आराधना र बली चढाइने गरिन्छ । महागौरी भगवती दुर्गाको आठौँ स्वरूप हो । अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन । अरू दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन । देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष पर्वका रुपमा मानिएको छ । 

आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचो समेत बढ्छ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button