बाजुराको मार्तडीमा अवस्थित मालिका मन्दिरमा चोरी
बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडिमालिका मन्दिरमा चोरी भएको छ।
शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले बताउनुभयो ।
मुल ढोका भित्रै रहेको दान पेटीका सिङ्गो उठाएर लिएको समितिले जनाएको छ ।
पूजा कोठा र भगवतीको मूर्ति राखिएको कक्षमा समेत तोडफोड भएको छ भने सोही कक्षमा पूजामा चढाइएको ६ सय ५० रुपैयाँ पनि लिएको मन्दिरका पुजारी कर्ण रावलले बताउनु भयो ।
दशैं लक्षित खर्च व्यवस्थापनको नियत राखेर युवाहरूको समूहले चोरी गरेको हुन सक्ने आशङ्का गरिएको छ। मन्दिर व्यवस्थापन समितिले प्रहरी मुचुल्का सहित जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्