तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजमा १५ दिने व्यापार मेला सञ्चालन गरिने

सप्तरी । सप्तरीको राजविराजमा दशै तथा शुभ दीपावलीको अवसरमा १५ दिने सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० को आयोजना हुने भएको छ ।

राजबिराज स्थित राज रंगशाला खेल मैदानको जग्गामा सप्तरी युथ नेपालले बृहत् मेलाको आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी कार्तिक ११ देखि २६ गतेसम्म मेला लाग्ने सप्तरी युथ नेपालले जनाएको छ ।

सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादवका अनुसार सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालित मेलामा ३० भन्दा बढी स्टल रहने छ । दैनिक सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने जनाएको छ ।

मेलामा रोटे पिङ, ब्रेक डान्स, नाच सहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने पत्रकार सम्मेलन मार्फत मेला समितिले जनाएको छ ।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिनुका साथै मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button