तपाईँ सुन्दै हुनुहुन्छः

संसद्लाई जनउत्तरदायी बनाउन प्रेसको भूमिका महत्पूर्ण छ : सभामुख घिमिरे

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को गतिविधिलाई प्रभावकारी बनाउन र संसद्को सक्रिय क्रियाशीलतालाई आम नागरिकसमक्ष पुर्‍याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले जनताप्रति संसद्लाई उत्तरदायी बनाउन प्रेस जगतलाई आग्रह गर्नुभएको छ ।

विजया दशमी लगायतका चाडपर्वको अवसरमा आज काठमाडौँमा सम्पादकहरूसँग अन्तरक्रिया गर्नुहुँदै सभामुख घिमिरेले मुलुकको सामाजिक र राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रले ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो ।उहाँले, संसद् र सांसदका गतिविधिको सुक्षम रुपमा निगरानी गर्दै कमी कमजोरी सुधार्न र संसद्लाई निरन्तर जनताप्रति उत्तरदायी बनाइराख्न सञ्चार क्षेत्रले संसद्लाई सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा सञ्चारकर्मीहरूले संसद्लाई प्रभावकारी बनाउन सभामुखले आवश्यकता अनुसार रुलिङ गर्नुपर्ने, आफ्ना रुलिङको कार्यान्वयन भए नभएको बारे अनुगमन गर्नुपर्ने, संसदीय समितिहरूको बैठक नियमित बसाल्ने र समितिका निर्णयहरू सरकारलाई कार्यान्वयन गर्न घच्घच्याई रहनुपर्ने, संसद्को बैठकलाई अनुशासित बनाउन र आवश्यकता अनुसार कुनै पनि विधेयकहरूमा विज्ञहरुको सल्लाह र सुझाव लिएर विधेयकहरूलाई परिष्कृत बनाउनेतर्फ सभामुखको दायित्व हुने भएकोतर्फ सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button