तपाईँ सुन्दै हुनुहुन्छः

ठेकेदारले भुक्तानी नपाएपछि सोलार प्यानल सहितको सडक बत्ती खोलेर लगे

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको मुख्य सडकमा लगाइएको सोलर बत्ती लगायतका सामग्रीको भुक्तानी नपाएपछि ठेकेदारले सोलार प्यानल सहितको सडक बत्ती खोलेर लैजान बाध्य भएका छन् । 

ठेकेदारले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै आज दिउँसो बहुदरमाई नगरपालिका वडा नम्बर ४ स्थित मुख्य सडकमा जडान गरिएको सोलर बत्ती, ब्याट्री, प्यानल लगायतका सामग्री खोलेर लागेका हुन् । नगरपालिकाको सडकमा पहिल्यैदेखि जडान गरिएको सोलर बत्तीहरूको काठमाडौँस्थित एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिका सञ्चालक सुशील अधिकारीले मर्मत गरेका थिए । 

यद्यपि खर्च नपाएको भन्दै उनले बत्तीहरू खोलेका छन् । झन्डै ६ महिना अगाडि बहुदरमाईका मेयर सिंहासन साह तेलीको मौखिक आदेशमा आफूले सडक बत्तीहरूको मर्मत गरेको र त्यसबापत साढे १३ लाख रुपैयाँ खर्च भएको अवस्थामा भुक्तानी नपाएपछि बारम्बार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई भन्दा  कुनै सुनुवाई नहुँदा आफू बत्ती फुकाल्न बाध्य भएको ठेकेदार अधिकारीले बताउनु भयो । 

बहुदरमाई नगरपालिकाको विभिन्न स्थानमा ६८ वटा सोलर बत्तीको कन्ट्रोलर परिवर्तन गरिएको ४८ वटाको ब्याट्री परिवर्तन र २५ वटामा नयाँ बत्ती जडान तथा ६ वटाको प्यानल परिवर्तन आफूले गरेको बताउँदै त्यसका लागि साढे १३ लाख रुपैयाँ खर्च लागेको अधिकारीले बताउनु भयो । 

यता, बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले कार्यादेश बिना नै काम गरेको कारण भुक्तानी दिन नमिलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button