द्वन्दग्रस्त इजरायलबाट ७ जना कञ्चनपुरको महेन्द्रनगर आइपुगे

कञ्चनपुर । द्वन्दग्रस्त इजरायलबाट ७ जना कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन् । इजरायलबाट उद्धारमार्फत दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आइपुगेका हुन्। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो।
आज महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौँका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्। महेन्द्रनगर आइपुगेका सबैलाई बुधवार नै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्