तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीले आर्थिक संवृद्धिमा टेवा पुर्‍याएको छ : सञ्चारमन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीले देशको आर्थिक संवृद्धिमा टेवा पुर्‍याएको बताउनुभएको छ ।

दाङको गढवा गाउँपालिकाद्वारा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान युवा उद्यमशीलता विकास साझेदारी परियोजनाद्वारा प्रवर्द्धित सहकारीको दोस्रो भेला उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सहकारीले गाउँदेखि दूर दराजका जनतालाई आर्थिक कारोबारको मूलधारमा ल्याउन मद्दत गरेको बताउनुभयो ।

मन्त्री शर्माले पछिल्लो समय सहकारीहरूले गरेका केही नराम्रा कामबारे प्रभावकारी रुपमा सरकारले नियमन गर्ने हो भने सहकारीले आर्थिक विकाशमा सबलीकरण गर्ने बताउनुभयो ।

सहकारी संस्थाको परिचालन, नियमन र अनुगमन अब सरकारले छिट्टै प्रभावकारी रुपमा अगाडि बढाउने मन्त्री शर्माले बताउनुभयो ।

गाउँपालिकाका चार हजार महिला सदस्य बनाउने उद्देश्यका साथ सञ्चालित उक्त सहकारीमा हाल ८२ समूहमार्फत २ हजार ३ सय ८० जना महिला सङ्गठित हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button