तपाईँ सुन्दै हुनुहुन्छः

‘सत्य सम्प्रेषण गरी समाजलाई जागरूक बनाउनु अहिलेको आवश्यकता’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार क्षेत्रले सत्य अन्वेषण र सत्य सम्प्रेषण गरी समाजलाई जागरूक बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज सञ्चारकर्मीहरू सँगको भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको सञ्चार क्षेत्र मुलुकका अनेक अप्ठ्यारो अवस्थामा त्यसबाट निराकरण दिन सञ्चार क्षेत्रले अग्रणी भूमिका खेलेको स्मरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले समाजमा सत्यतथ्य र जागरूकता प्रदान गर्ने सामग्री प्रवाह गर्दै सञ्चार क्षेत्रले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई जनताले आशा गरे बमोजिम अगाडि बढाउन लागि रहनुपर्ने खाँचो पनि औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button