तपाईँ सुन्दै हुनुहुन्छः

युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button