पूर्व मेयर डा.पौडेलको निधन
काठमाडौं ।जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा.कृष्ण पौडेलको निधन भएको छ ।
पूर्व मेयर डा.पौडेलको आप्mनै घर जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा बिहिबार राती करिब पौने ७ बजे असामायिक निधन भएको दिवाकर भण्डारीले बताउनुभयो ।
२०२९ सालमा जन्मिनु भएका पौडेल ५१ बर्षको हुनुहुन्थ्यो । उहाँको एक छोरा र एक छोरी रहेका भण्डारीले जानकारी दिनुभयो ।
पूर्व मेयर पौडेलको निधन आफ्नै घरको कोठामा भेटिएपछि शंकास्पद रहेकाले उहाँको पार्थिव शरीरलाई सत्यतथ्य पत्ता लगाउन वीरगंज स्थित नारायणी उप–क्षेत्रीय अस्पताल पर्सामा परीक्षणको लागि पठाउने तयारी भई रहेको बाराका (एसपि) प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्