तपाईँ सुन्दै हुनुहुन्छः

फिल्म ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक

काठमाडौँ । यही शुक्रवार (असोज २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । 

दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा सङ्गीत पनि आशिषले नै तयार पारेका छन् । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उनीहरूको फिल्मी परिवारलाई देखाइएको छ । फिल्म कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भूमिकामा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायाङ्कन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ ।

बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ । यो फिल्मले वित्तीय ऋणको चपेटामा परेको एक शिक्षकको परिवारको कथा बोल्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button