कञ्चनपुरको महेन्द्रनगर बजार बन्द

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। प्रहरीले छापा हानेर दुःख दिएको भन्दै आज बजार बन्द गरिएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको छ। उनीहरूले दशैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतङ्कित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्।
यस घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघ भने मौन छ। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो । ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो।
सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य वस्तु बेचबिखन गर्ने महेन्द्रनगरका १ व्यापारीको गोदाममा छापा मारेको हो। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो। भारतबाट भन्सार छलीका सामान क्यारिङ गर्ने व्यक्तिहरूको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ।

बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ लाखका सामान नियन्त्रणमा लिएको थियो। जिल्लाको भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मारेका हो।
प्रहरी टोलीले गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने व्यक्तिहरूको पिछा गर्दै गुप्ताको पसल र गोदामबाट ९ लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामान फेला पारेको बताइएको छ। प्रहरीका अनुसार गुप्तालाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्