तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद सहितको टोली इजरायल प्रस्थान

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज बिहान ३:३० बजे त्यसतर्फ गएको हो।

काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ । हालसम्म तीन सय ५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन् । विवरण दिएकामध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन आबेदन दिएका छन् ।

इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button