तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मृतावस्थामा गैँडा फेला

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् ।

तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button