तपाईँ सुन्दै हुनुहुन्छः

फट्टेमा अस्थायी पुल निमार्ण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित फट्टेमा ह्युम पाइप राखेर यातायात सुचारु गरिएको छ । 

चाडपर्व नजिकिएको र खोलाको सतह घटसँगै ३ दिन अघि देखि अस्थायी पुल निर्माण कार्य शुरु भएको थियो । गत १२ गते सञ्चालनमा आएको उक्त अस्थायी पुल पुनः १६ गते आएको बढीले क्षति पुर्‍याए पछि मर्मत गरी सञ्चालनमा ल्याइएको हो । २०७८ साल असार १ को बाढीले पक्की पुल बगाए सँगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएको छ । 

बर्खा लागे सँगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं. ७, ८, ११ हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरिकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माण सँगै स्थानीयलाई चाडपर्वको लागि आवश्यक सामग्री ढुवानी गर्न तथा मानिसहरूलाई आवतजावत गर्न सहज हुने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । उक्त स्थानमा नगरपालिकाले पक्की पुल निर्माणको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button