तपाईँ सुन्दै हुनुहुन्छः

प्लास्टिकले बेरेको अवस्थामा नवजात शिशु मृत फेला 

चितवन । आज बिहान सेतो प्लास्टिकले बेरको अवस्थामा नवजात शिशु फेला परेका छन् । आज बिहान साँढे ९ बजे भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित ब्रह्मपुर स्थित नेकराज पण्डितको खाली जग्गामा शिशु मृत फेला परेका हुन् । 

स्थानीयले उक्त शिशु प्लास्टिकले बेरेको देखेपछि प्रहरीलाई खबर गरेको र घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय , चितवनले जनाएको छ । 

घटनास्थल सुरक्षित राखेको र हाल मुचुल्का तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button