तपाईँ सुन्दै हुनुहुन्छः

पानी भनेर एसिड खाएपछि…

दाङ । दाङको लमहीमा पानी भनेर एसिड खादा १ जना गम्भीर बिरामी भएका छन् ।

चन्द्रागिरि नगरपालिका–१ थानकोट निवासी ५१ वर्षीय दीपकराज थापाले भुलवश पानीको बोतलमा भएको पानी  जस्तो देखिने पदार्थ पिउँदा उहाँ गम्भीर बिरामी हुनु भएको हो ।

लमही नगरपालिकामा सामान्य  उपचार पछि थप उपचारका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराही रेफर गरेको  छ लमही अस्पतालले जनाएको छ ।  

थापा लमहीमा कवाड सङ्कलन गर्ने काम गर्दै आउनु भएको थियो । थापा  शनिबार मात्र  काठमाडौँ  वाट लमही आउनुभएको थियो । 

थापाका अनुसार बाटोमा हिँड्ने क्रममा बाटोको छेउमा एउटा बोतल भेटियो, उक्त बोतलमा एसिड होला भन्ने आफूलाई  थाह भएन बिर्को खोलेर एक घुट्की खाएपछि बल्ल थाह भयो एसिड रैछू,- थापाले भन्नु भयो ।

पानी भनेर थापाले एसिड खाएका खानु भएको थियो , एसिड खाएर गम्भीर हुनु भएका थापालाई ई रिक्सा चालकले लमही अस्पताल पुर्‍याउनु भएको थियो  । 

एसिड खाएका बिरामीको उपचार लमही अस्पतालमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि घोराही पठाइएको लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिनु भयो । 

थापाको घरपरिवारलाई खबर गरिसकेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button