गण्डकी प्रदेश सभा : विषयगत समितिका सभापति चयन
पोखरा । गण्डकी प्रदेश सभामा कायम रहने ४ वटै विषयगत समितिको सभापति चयन गरिएका छन् ।
शनिवार भएको विषयगत समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति सर्वसम्मत चयन भएका हुन् । काँग्रेस, एमाले र माओवादीबिच सहमति भएपछि विषयगत समितिका सभापतिहरूको टुङ्गो लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा स्याङ्जाका सांसद सुधीर कुमार पौडेल, नेपाली काँग्रेसको तर्फबाट प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा बागलुङका सांसद चम्फादेवी खड्का र अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल चयन हुनुभएको छ । माओवादीको तर्फबाट सामाजिक विकास तथा कृषि समितिको सभापतिमा गोरखाका फणिन्द्र देवकोटा चयन हुनुभएको छ ।
समितिका सभापतिहरूको आइतबार बिहान सपथ ग्रहण हुने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्